बजेटमा कर्मचारीबाट गडबड भएकाे छ, छानबिन गर्दैछाैं : मुख्यमन्त्री सिंह
बजेटमा कर्मचारीबाट गडबड भएकाे छ, छानबिन गर्दैछाैं : मुख्यमन्त्री सिंह मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा कर्मचारीले गडबड गरेको बताएका छन् । जनकपुरधाममा आयोजित अन्तरक्रियामा मुख्यमन्त्री सिंहले बजेटमा कर्मचारीले खेल गरेको र त्यस विषयमा छानबिन गरिरहेको बताए । जेठ २५ गते जनमतका सिंहको नेतृत्वमा नयाँ गठबन्धनको सरकार बनेको थियो । त्यसको ८ दिनमा मधेश सरकारले आगामी आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रूपैयाँको बजेट ल्याएको छ । ‘सरकार बनेको ८ दिनमै बजेट ल्याएँ, म भन्न चाहन्छु- नेतामात्र परिवर्तन भयो, बनेको बजेटमा कर्मचारीले खेल गरे । धेरै बजेट यताउता भयो । यसबारे आन्तरिक छानबिन गरिरहेका छौं,’…