के थियाे आयकर ऐनको दफा ५७ मा ? किन गरियो संशोधन ?
के थियाे आयकर ऐनको दफा ५७ मा ? किन गरियो संशोधन ? अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयकमार्फत आयकर ऐनको दफा ५७ लगानीकर्ताबाट लगानी प्रोत्साहित र पूँजी वृद्धिको लागि संशोधन गरिएको बताएका छन् । प्रतिनिधि सभामा आर्थिक विधेयक माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै पुनले यस्तो बताएका हुन् । सरकारले लगानीका लागि करसम्बन्धी व्यवस्था केही लचिलो बनाएर लगानीकर्तालाई सकारात्मक सन्देश दिन खोजेको बताए । उनले आयकर ऐनको सो दफामा भएको वर्तमान व्यवस्था अनुसार ३ वर्षको अवधिमा कुनै पनि कम्पनीको स्वामित्व ५० प्रतिशत वा सोभन्दा बढीले परिवर्तन भयो भने सो निकायले आफ्नो सम्पती तथा दायित्व निःसर्ग गरेको मानिने बताए । उनले ५०…