१९ सयको बिन्दुमा ओर्लियाे नेप्से

१९ सयको बिन्दुमा ओर्लियाे नेप्से सेयर बजार परिसूचक नेप्से आइतबार १९ सयको बिन्दुमा ओर्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक २६.८१ अंकले घट्दै १९ सय ७९.०२ बिन्दुमा झर्न पुगेको हो । यस्तै, आइतबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्ससमेत ५.७४ अंकले घट्दै ३५३.८३ अंकमा झरेको छ । मौद्रिक नीतिको पहिलो समीक्षापछि २१ सयको बिन्दुमा पुगेको नेप्से सूचक सोही मौद्रिक नीतिको दोस्रो त्रयमासको समीक्षापछि पुनः ओरालो लाग्न थालेको हो । आइतबार कूल २४८ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । फाइनान्स र म्यानु एण्ड प्रो समूहका उपसूचक धनात्मक भएकोमा बाँकी ११ वटा उपसूचक…

सर्वोत्तम सिमेन्टकाे आईपीओ बिक्री खुला

सर्वोत्तम सिमेन्टकाे आईपीओ बिक्री खुला सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आईपीओ जारी गरेको हो । इच्छुक आवेदकले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ । यसअनुसार सर्वसाधारणले सर्वोत्तमको आईपीओ किन्न आवेदन दिँदा आफ्नो खातामा १८ हजार ४५ रुपैयाँ हुनुपर्छ । आईपीओमा फागुन…

बिग सीजी डे : ३६ प्रतिशतसम्म छुट

बिग सीजी डे : ३६ प्रतिशतसम्म छुट चौधरी ग्रुपअन्तर्गत सीजी डिजिटलले ‘बिग सीजी डे’ सुरु गरेको छ । ग्राहकलाई आकर्षक र रोमाञ्चक सपिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ फेब्रुअरी २४ मध्यरातदेखि विगतका वर्षहरूकाे भन्दा ठूलो ‘बिग सीजी डे’ सुरु भएकाे हो । ‘बिग सीजी डे’मा सीजी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स, सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटी, सीजी सिमेन्ट, सीजी पे र युनाइटेड इन्स्योरेन्सका विभिन्न उत्पादन तथा सेवा सुविधामा विभिन्न अफर राखिएको छ । ‘बिग सीजी डे’को मुख्य हाइलाइटहरु ८०० भन्दा बढी सामानमा ३६ प्रतिशतसम्मको छुट, थप १० प्रतिशतसम्मको मेगा भौचर, २४ हजारसम्म क्यास ब्याक, डेल्ली गिभ-अवेको रूपमा…

सांसद विकास कोषको रकम दूध किसानलाई दिन माग

सांसद विकास कोषको रकम दूध किसानलाई दिन माग राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपककुमार सिंहले सांसद विकास कोषको रकम दिएर दूध किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले कोषको रकम किसानलाई भुक्तानी दिन माग गरेका हुन् । 'यदि सरकारसँग पैसा छैन भने माननीय कोषको लागि पाँच पाँच करोड रुपैयाँ दरले छुट्याउने भनेर अर्बौ जम्मा भएको छ, त्यो कोषबाट दूध किसानलाई भुक्तानी गरिपाउँ', उनले बैठकमा भने । आफूहरुलाई कोषको पाँच करोड नचाहिएको पनि उनले बताए । उनले मिटरब्याजी र सहकारी ठगलाई सरकारले नै संरक्षण गरेको आरोप लगाए।

साताको अन्तिम कारोबार दिन २० अंकले घट्याे नेप्से

साताको अन्तिम कारोबार दिन २० अंकले घट्याे नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक २० अंकले घटेको छ । कारोबार समयदेखि नै घट्न थालेको नेप्से सूचक अन्तिम समयसम्ममा १.०२ प्रतिशतले घट्दै २००५ अंकमा आएर रोकिएको छ । यसक्रममा ४९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १९७ कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको मूल्य भने स्थिर छ । बिहीबार ३ अर्ब २० करोड ६१ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ भने ९५ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ । समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढ्दा जोशी हाइड्रोपावर र सामलिङ पावर कम्पनीको सेयर मूल्य…

डीडीसीले तिरेन १ अर्ब, दूधको पैसा नपाउँदा किसान सडकमा

डीडीसीले तिरेन १ अर्ब, दूधको पैसा नपाउँदा किसान सडकमा चितवनका दूध उत्पादक किसानले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण माग गर्दै ६ फागुनमा भरतपुर बसपार्क चोकमा सयौं लिटर दूध पोखेर आन्दोलन गरे । चितवन जिल्ला दूध उत्पादक सहकारी संघको आह्वानमा जिल्लाका विभिन्न सहकारीमा आबद्ध किसानले दूध पोखेका थिए । उनीहरूले सडकमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्रसमेत बुझाए । त्यसपछि किसान फेरि सडकमा नारा लगाउँदै केन्द्रीय बस टर्मिनल चोक पुगेर दूध पोखेका थिए । त्यसाे त केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ आह्वानमा देशभरि दूध किसान आन्दोलित नै छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ सञ्चालक कृष्ण सापकोटाले सबै…

८ खर्ब ११ अर्ब रुपैयाँकाे व्यापार घाटा

सात महिनामा ८ खर्ब ११ अर्ब रुपैयाँकाे व्यापार घाटा चालू आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा नेपालले वैदेशिक व्यापारमा ८ खर्ब ११ अर्ब रुपैयाँ घाटा बेहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको यही अवधि (साउनदेखि माघ महिनासम्म) को तुलनामा १.७७ प्रतिशत घाटा बढेकाे हो । गत आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा नेपालले ८ खर्ब २५ अर्बभन्दा बढी व्यापार घाटा बेहोरेको थियो । यो चालू वर्षको तुलनामा १३ अर्बभन्दा धेरै हो । यस्तै, यस अवधिमा नेपालले विदेशबाट ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको आयात गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा २.३१ प्रतिशतले…

साढे ११ लाख सेट स्मार्टफोन आयात

सात महिनामा साढे ११ लाख सेट स्मार्टफोन आयात चालू आर्थिक वर्षको सात महिनामा करिब साढे ११ लाख सेट स्मार्टफोन नेपाल भित्रिएको छ । माघ मसान्तसम्म १७ अर्ब ३८ करोड ३६ लाख ९१ हजार रुपैयाँ बराबरकाे फोन नेपाल भित्रिएको हो । नेपालमा सबैभन्दा बढी स्मार्टफोन निर्यातकर्ता चीन हो । चालू आर्थिक वर्षमा चीनबाट ८ लाख १४ हजार ८७० सेट स्मार्ट फोन नेपाल भित्रिएकाे छ । भारतबाट भने ३ लाख ८ हजार ४५२ सेट स्मार्टफोन भित्रिएकाे छ । स्मार्टफोन आयातबाट सरकारले ३ अर्ब २३ करोड ५७ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेकामा सबैभन्दा बढी चीनबाट २ अर्ब २१ करोड १२ लाख…

३६ वटा लघुबित्त नाफा कमाउन सफल

३६ वटा लघुबित्त नाफा कमाउन सफल चालु आर्थिक वर्षको ६ महिनामा ३६ वटा लघुबित्तले नाफा कमाउन सफल भएका छन् । ती लघुबित्तले ९० करोड ७३ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेकाे नेपाल राष्ट्र बैंकले जनाएको छ । कुल ५७ मध्ये २१ वटा लघुवित्त भने घाटामा गएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेकाे लघुवित्त वित्तीय संस्थाहरुको अर्धवार्षिक वित्तीय अवस्थामा जनाइएअनुसार ५७ लघुवित्त वित्तिय संस्थामा २१ वटा लघुवित्तहरु नोक्सानमा छन् । यस्तै लघुवित्तहरुको खराब कर्जा ६.८५ प्रतिशत पुगेको छ । यस अवधिमा यी लघुवित्त कम्पनीको लगानी प्रतिफल क्षमता २.८३ प्रतिशत मात्र छ । लघुवित्तले आफ्ना लगानीकर्तालाई २.८३ प्रतिशत मात्र लगानी प्रतिफल…

सिटिजन्स बैंकका ग्राहकलाई सिटिस्केप थकालीमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई सिटिस्केप थकालीमा छुट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंकाे दरबारमार्गमा रहेकाे सिटिस्केप थकालीबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकले सिटिस्केप थकालीमा १० प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंकले देशैभर रहेका १९० शाखा, १५२ एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट ग्राहकलाई आधुनिक बैंकिङ्ग…