‘विश्वव्यापी तापमान वृद्धिका कारण नेपाललाई हरेक वर्ष ठूलो क्षति’

'विश्वव्यापी तापमान वृद्धिका कारण नेपाललाई हरेक वर्ष ठूलो क्षति' राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यले कोइला उत्पादनमा नेपालको भूमिका न्युन भए पनि त्यसको असर भोग्न बाध्य हुनु परेको बताएकी छन् । अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि युएनएफसीसीसीका पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा ‘एसियाको कोइलाको उपयोग घटाउने प्रयास : मुख्य निष्कर्ष र साझा मार्ग’ विषयको बहसमा सहभागी हुँदै सांसद शाक्यले यस्तो उल्लेख गरेकी हुन् । ‘विश्वव्यापी तापमान वृद्धिमा कोइला उत्पादनको प्रमुख भूमिका छ, कोइला त्यस्तो जीवाश्म इन्धन हो जसको प्रयोगले ठूलो मात्रामा कार्वनडाइअक्साइड उत्सर्जन गदर्छ’, शाक्यले भनिन्, ‘कोइला उत्पादनमा नेपालको भूमिका न्युन छ तर एशियाली मुलुकमा…

अनलाइन ठगीमा ‘विद्यार्थी’ काे संलग्नता धेरै

अनलाइन ठगीमा ‘विद्यार्थी’ काे संलग्नता धेरै सन् २०२४ को मे ३१ सम्म वित्तीय जानकारी एकाइमा पठाइएका शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी विवरणमध्ये ६३ प्रतिशतभन्दा बढी साइबरजन्य ठगीसम्बन्धी थिए । अनलाइनमार्फत हुने वित्तीय ठगीमा ‘विद्यार्थी’ पेशा उल्लेख गरेका व्यक्तिहरू बढी संलग्न रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइका अनुसार वित्तीय कारोबार गर्ने सूचक संस्थाहरूबाट गत आर्थिक वर्षसम्म प्राप्त सीमा कारोबार सूचनामध्ये १५ प्रतिशत ठगी अपराधसँग सम्बद्ध प्राप्त भएको थियो । ती सूचनामध्ये ६३ प्रतिशत साइबरमार्फत हुने ठगीसँग सम्बद्ध रहेको पाइएको केन्द्रीय बैंकले जानकारी दिएको छ । इकाइले सार्वजनिक गरेको साइबरजन्य ठगीसम्बन्धी 'स्ट्राटेजिक एनलाइसिस रिपोर्ट २०२४' अनुसार साइबरमार्फत ठगी गर्ने…

अर्थतन्त्रमा चुनाैती कायमै : अर्थमन्त्री

अर्थतन्त्रमा चुनाैती कायमै : अर्थमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचकहरू सकारात्मक रहे पनि चुनौतीहरू कायमै रहेको बताएका छन् । ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट २०२४) सार्वजनिक गर्न आइतबार अर्थ मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको बताउँदै उनले भने, ‘अहिले वैदेशिक मुद्राको सञ्चिती राम्रो छ । रेमिट्यान्स आप्रवाह राम्रो छ । मुद्रास्फीति पनि वाञ्छित सीमाभित्र नै रहेको छ । ब्याजदर घटेको छ । बैंकहरुमा पर्याप्त तरलता छ ।’ तर, सूचक सकारात्मक भए पनि चुनौतीहरू भने कायमै रहेकोमा अर्थमन्त्री पौडेलले चिन्ता व्यक्त गरे । उनले भने, ‘अर्थतन्त्रका सूचकहरू राम्रा हुँदाहुँदै…

लिफ्ट बिग्रिएपछि धरहरा बन्द

लिफ्ट बिग्रिएपछि धरहरा बन्द सञ्चालनमा ल्याएको दुइ महिना नबित्दै धरहरा बन्द भएको छ । लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द भएको सहरी विकास भवन निर्माण विभागका उपमहा निर्देशक प्रकीर्ण तुलाधरले जानकारी दिए । ‘लिफ्ट बिग्रिएर केहि दिनअघिदेखि बन्द गरेको हो, बनेपछि सञ्चालनमा आइहाल्छ,’ उनले भने । २०७२ को भूकम्पले धरहरा ढालेपछि २०७५ सालदेखि निर्माण थालिएको थियो । निर्माण थालेको ६ वर्षपछि पुरा निर्माण सम्पन्न नहुँदै असोज ३ गते संविधान दिवसको दिन सञ्चालनमा ल्याइएको थियो । तत्काल परीक्षणका लागि खुला गरिएको यस धरहरा दैनिक ६०० जना निःशुल्क चढ्न पाउने व्यवस्था गरेको थियो । जसका लागि अनलाइनमार्फत निःशुल्क टिकट बुक गरेर चढ्न…

नेपाल बैंकले मनायाे ८८औँ वार्षिकोत्सव

नेपाल बैंकले मनायाे ८८औँ वार्षिकोत्सव नेपाल बैंक लिमिटेडले आफ्नो ८८औँ वार्षिकोत्सव मनाएकाे छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेडले ८८ औँ वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार प्रधान कार्यालयमा समारोह आयाेजना गरेकाे थियाे । कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथि थिए । उक्त समारोहको अध्यक्षता बैंकका सञ्चालक समिति अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले गरेका थिए । बैंकले २२९ शाखाहरु, २०५ एटिएम मेसिन साथै ६० वटा एक्टेन्सन काउन्टरमार्फत करिब २५ लाखभन्दा बढी ग्राहकहरुलाई वित्तीय सेवा दिइरहेको छ । करिब ९ लाखभन्दा बढी ग्राहकहरुले डिजिटल प्रविधि मार्फत बैंकिग सेवा लिइरहेको बैंकले जनाएको छ ।

डिजेल र मट्टितेलको मूल्य बढ्याे

डिजेल र मट्टितेलको मूल्य बढ्याे डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलमा साबिकको मूल्यमा ३ रुपैयाँ वृद्धि गरेको हो । योसँगै काठमाडौँ र पोखरामा यसको मूल्य १५३ रुपैयाँ पर्नेछ । दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्नेछ । पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन ।

बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात सुरु

बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात सुरु पहिलाेपटक नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रुपमा स्वीच अन गरी विद्युत् निर्यातको शुभारम्भ गरे । नेपाल र भारतबीचमात्र विद्युत् व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत् तेस्रो देशमा विस्तार भएको छ । नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बङ्गलादेशसम्म पुगेको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ । त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत…

सुनकाे भाउ दिनदिनै घट्दै

सुनकाे भाउ दिनदिनै घट्दै नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुनको भाउ तोलामै २४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलाको एक लाख ६० हजार रुपैयाँ निर्धारण भएको छ । बुधबार छापावाला सुन तोलाको एक लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेको छ । बुधबार प्रतितोला १९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १९ सय५ रुपैयाँ छ ।

सिभिल सहकारीका १६०० पीडितले फिर्ता मागे सात अर्ब बचत

सिभिल सहकारीका १६०० पीडितले फिर्ता मागे सात अर्ब बचत बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका १६०० पीडितले करिब सात अर्ब रुपैयाँ बचत फिर्ता मागेका छन् । बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल सहकारी पीडितका लागि माग दाबीको निवेदन दिन जारी गरेको ३५ दिने सूचना सोमबार सकिएको थियो । सोमबारसम्म एक हजार ६०० पीडितले सात अर्ब रुपैयाँ दाबी गरेको समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्रभात अधिकारीले जानकारी दिए । सिभिल सहकारीलाई बागमती प्रदेश सरकारले २०८० भदौ २१ गते समस्याग्रस्त घोषणा गरेको थियो । सिभिललाई समस्याग्रस्त घोषणा गरेपछि प्रदेश सरकारले २०८० पुस २२ गते समिति गठन गरेको थियो…

भाेलिदेखि कतार एयरले पनि गाैतमबुद्ध विमानस्थलबाट उडान गर्ने

भाेलिदेखि कतार एयरले पनि गाैतमबुद्ध विमानस्थलबाट उडान गर्ने भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले पनि उडान थाल्ने भएको छ। उसले मङ्गलवारबाट उडान थाल्न लागेकाे हो । कतार एयरले अहिले कतार–काठमाडौं दैनिक ३ वटा उडान गरिरहेको छ । मङ्गलवारबाट भने दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ । यो सँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनी ५ वटा पुगेका छन् । यसअघि नेपाल एयरलाइन्स, जजिरा, फ्लाइ दुबई र थाई एयर एशियाले उडान थालिसकेका छन्। नोभेम्बर १२ देखि ३० सम्म १९ वटा उडान गर्ने गरी अनुमति प्रदान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कतार एयरवेजले हप्ताका सातै दिन दोहा–भैरहवा–काठमाडौं उडान गर्ने प्राधिकरणका सहप्रवक्ता…