फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता सेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता सेयर बिक्रीमा फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ । आइतबारदेखि लिलामीमा राखिएकाे सेयर खरिद गर्न चैत १२ भित्र गोप्य बोलपत्र आवेदन दिन सक्ने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । न्यूनतम मूल्य ३१५ रुपैयाँ हुनुपर्नेगरी बोलकबोल आवेदन माग गरिएको छ । उच्च मूल्य दिएका आधारमा सेयर बाँडफाँट हुने क्यापिटलले जनाएको छ । न्यूनतम १५ हजार कित्ता र अधिकतम डेढ लाख कित्ताकै लागि आवेदन दिन सकिनेछ ।

सुनकाे मूल्यमा रेकर्ड : तोलाकै १ लाख २६ हजार

सुनकाे मूल्यमा रेकर्ड : तोलाकै १ लाख २६ हजार सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनकाे मूल्य आइतबार १ लाख २६ हजार कायम भएकाे छ । शुक्रबार प्रतितोला १ लाख २५ हजारमा कारोबार भएको सुन आइतबार प्रतितोला १ हजारले बढेकाे हाे । महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४ सय ताेकिएको छ । तेजाबी सुनको मूल्य शुक्रबार प्रतितोला १ लाख २४ हजार ४ सय थियो । त्यस्तै आज चाँदीको मूल्य शुक्रबार दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर १ हजार ४ सय ७५ रुपैयाँ…

आठ वर्षे विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

आठ वर्षे विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कूल आठ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिनसमेत पाइनेछ । ब्याजदर समेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने राष्ट्र बैंकले सूचनामार्फत जानकारी गराएको छ । बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । यही फागुन २९ गते अपराह्न बोलकबोल हुने छ । ऋणपत्रको साँवा भुक्तानी २०८८ फागुन ३० गते हुनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र त्यसमा…

ग्लोबल आइएमईका ४१ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

ग्लोबल आइएमईका ४१ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन ग्लोबल आइएमई बैंक लिमिटेडले ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीले सहभागिता जनाए । विभिन्न जिल्लाका ४१ ठाउँमा सञ्चालित कार्यक्रममा ५ हजारभन्दा बढी व्यक्तिलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएकाे छ । बैंकका अनुसार काेसीमा झापाकाे दमक र मोरङ्गको विराटनगर, मधेशमा सर्लाहीको मलंगवा, बागमतीमा काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, रामेछापको दोरम्बा शैलुङ…

बैंककाे ऋण तिर्दिन भन्नेलाई अब छुट दिइन्न : अर्थमन्त्री

बैंककाे ऋण तिर्दिन भन्नेलाई अब छुट दिइन्न : अर्थमन्त्री अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने अभियान सञ्चालन गर्नेलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् । आफूलाई बधाई दिन आएको टोलीसँग बिहीबार अर्थ मन्त्रालयमा कुरा गर्दै पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने बताए । ‘बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भनेर अभियान चलाउने प्रवृत्तिलाई अब छुट दिन सकिँदैन’, उनले भने, ‘त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नु हुँदैन ।’ निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको…

सेयर बजारमा तीव्र उतारचढाव

सेयर बजारमा तीव्र उतारचढाव वर्षमान पुनले अर्थमन्त्रीकाे शपथ लिएको भोलिपल्ट बिहीबार सेयर बजारमा तीव्र उतारचढाव देखियो । २०२०.९५ विन्दुबाट खुलेको (११ बजे) सेयर बजार तीव्र वृद्धि हुँदै १२ मिनेटमै २०४०.७४ विन्दुसम्म पुग्यो । त्यसपछि बजार फेरि घट्न थाल्यो । ११ः३० बजेसम्म बजार २०२२.७३ विन्दुमा झर्‍यो । बजारको तीव्र गिरावटपछि फेरि बढ्दै घट्दै गरेर अन्ततः २०३०.५५ विन्दुमा रोकियो । समग्रमा बजार ०.६७ प्रतिशतले बढ्याे । १३.५१ अंकले बढेको बजारमा होटल तथा पर्यटन, म्युचुअल फण्ड र ट्रेडिङ समूह घटेको छ । बाँकी सबै समूहमा बढोत्तरी छ । पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चिख्र्वा हाइड्रोपावर, मध्य भोटेकोशी, बुद्धभूमि…

नेपाली बजारमा भित्रियो आइसरको इन्जिन आयल

नेपाली बजारमा भित्रियो आइसरको इन्जिन आयल नेपालका लागि आइशर कमर्सियल भेइकल्सको एक मात्र आधिकारिक वितरक बतास एम. ए. डब्लु. कमर्सियलभेइकल प्रा.लि.ले आइसरको इन्जिन आयल भित्र्याएको छ। टंगालस्थित बतास एम.ए.डब्लु. प्रालिको मुख्य कार्यालयमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख प्रबन्धनिर्देशक शान्तराज बतासले आइसरको इन्जिन आयल भित्र्याएकाे जानकारी दिए। उनले इन्जिन आयल र स्पेयर पार्ट्ससहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताए । आइसर कम्पनीद्वारा उत्पादित इन्जिन आयल, ट्रान्समिसन आयल, इन्डष्ट्रियल आयल आदि नेपाली बजारमाउपलब्ध हुनेछन् । आइसर ल्युब फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट आदि सबै सवारी साधनमा प्रयोग गर्न सकिने जनाइएको छ । भोल्भो र आइशरको…

बुटवलमा सेरेसकाे अत्याधुनिक शोरुम

बुटवलमा सेरेसकाे अत्याधुनिक शोरुम सेरेसले विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्ष ब्रान्ड बन्ने उद्देश्यका साथ बुटबलको कालिकानगरमा अत्याधुनिक शोरुम उद्घाटन गरेको छ । कम्पनीले थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरसीपका लागि इ एम मोटर्ससँग साझेदारी गरेको छ । शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नाडा रुपन्देहीका अध्यक्ष गणेश भट्टराई, एमएडब्लू वृद्धि अटोकोर्पका बिजनेष हेड प्रशन्न पन्त, इएम मोटसका डाईरेक्टर राजेश घिमिरेलगायतले सोरुम…

लयमा फर्किंदै पर्यटन : नेपाल घुम्ने विदेशीकाे संख्या बढ्याे

लयमा फर्किंदै पर्यटन : नेपाल घुम्ने विदेशीकाे संख्या बढ्याे नेपाल घुम्न हवाई माध्यमबाट आउने पर्यटकको सङ्ख्या बढेकाे छ । गत वर्षको जनवरी र फेब्रुअरीको तुलनामा २०२४ मा उल्लेख्य मात्रामा विदेशी पर्यटक भित्रिएका छन् । जनवरी र फेब्रुअरीमा मात्रै १ लाख ७६ हजार ५ सय २६ विदेशी आएका छन् । नेपाल आउनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन् । भारतबाट दुई महिनामा ५० हजार पर्यटक आएका छन् । भारतबाट आउनेमा धेरैजसो धार्मिक पर्यटक छन् । उनीहरूले नेपालको लुम्बिनी, मुक्तिनाथ, पोखरा, पशुपतिनाथलगायतका धार्मिक स्थलको दर्शन गरेका छन् । भारतपछि धेरै आउनेमा चिनियाँ छन् । १६हजार ४ सय ४७ जना चीनबाट आएका छन् ।…

दुबईमा नेपाली राेजगार मेला

दुबईमा नेपाली राेजगार मेला वैदेशिक रोजगार व्यवसायी संघको आयोजना र दुबईस्थित नेपाली दूतावासको संयोजनमा युएईमा नेपाली रोजगार मेला आयोजना भएको छ ।दुबइस्थित जेडब्ल्यू म्यारियट होटलमा आयोजित मेलामा युएइ सरकारका विदेश मन्त्रालय र रोजगार विभागका अधिकारीको सहभागिता थियो । बिचौलियालाई कामदार भर्ना प्रक्रियाबाट पन्छाएर म्यानपावर कम्पनी र रोजगारदाताको प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने उद्देश्यले आयाेजित मेलामा ६३ वटा स्टल थिए । मेलाले नेपालमा दक्ष कामदार उत्पादनका लागि लगानी बढाउन र बिचौलियाबाट जोगिँदै कम खर्चमा वैदेशिक रोजगारीमा जान कामदारलाई सहयोग पुग्ने विभागका अधिकारीहरुकाे विश्वास छ । नेपालका मेनपावर र रोजगारदाता कम्पनीबीच सिधै सम्बन्ध हुँदा कामदारलाई आर्थिक भार कम पर्ने र ठगिने सम्भावना पनि…