बैंककाे अवस्था खस्किएपछि एनआइसी एसियाका सिइओले दिए राजीनामा
बैंककाे अवस्था खस्किएपछि एनआइसी एसियाका सिइओले दिए राजीनामा एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राेशनकुमार न्याैपानेले राजीनामा दिएका छन् । २०७५ मङ्सिरमा सिइओ नियुक्त भएका न्यौपानेलाई २०७९ कात्तिकमा पुन: निरन्तरता दिइएको थियो । कार्यकाल २०८३ कात्तिकसम्म रहे पनि बैंकको अवस्था बिग्रन थालेपछि उनी बीचमै बाहिरिन खोजेका हुन् । तर, न्यौपानेले आक्रामक रूपमा व्यवसाय विस्तार गरेको र त्यसबाट बैंकमा समस्या देखिन थालेको बेला उनी बाहिरिँदा नकारात्मक सन्देश जाने भन्दै सञ्चालक समितिले राजीनामा स्वीकृत गरिनसकेको स्रोतहरूले बताएका छन् । न्यौपाने सीइयाे बनेपछि बैंक व्यवसाय विस्तारमा आक्रामक रूपमा लागेको थियो । उनको नेतृत्वमा व्यवसाय बढाउने नाममा जथाभावी कर्जा प्रवाह गरेपछि बैंकको सूचक…