क्यान्सर बिरामीलाई यतीकाे टिकट नि:शुल्क

क्यान्सर बिरामीलाई यतीकाे टिकट नि:शुल्क यती एयरलाइन्सले उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट) जाने क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याएको यती एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिए । ‘निःशुल्क हवाई टिकट नेपालभरिकै क्यान्सरका बिरामीले उपभोग गर्न पाउनुहुनेछ, विराट क्यान्सर इन्स्टिच्युटसँगको सहकार्यमा यो योजना ल्याएका हौँ,’ उनले भने । अस्पतालका विशेषज्ञ चिकित्सकले उपलब्ध गराएकाे क्यान्सरको बिरामी भएको प्रमाणपत्र/परिचयपत्रका आधारमा निशुल्क टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको विराट क्यान्सर इन्टिच्युटका उपाध्यक्ष डा. निकिता कार्कीले जानकारी दिइन् ।

लगानी कम्पनी खाेल्दै महासंघ

लगानी कम्पनी खाेल्दै महासंघ नेपाल उद्योग वाणिज्य महासंघको पहलमा लगानी कम्पनी स्थापना हुने भएको छ । उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्नेछन् । उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ । वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिएकाे जानकारीअनुसार कम्पनीको अधिकृत पूँजी १० अर्ब रूपैयाँ हुनेछ । यसमा महासंघका सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्न सक्नेछन् । अध्यक्ष ढकालले महासंघको चैत अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा आर्थिक एजेण्डामा सबै दलहरूको ऐक्यबद्धता खोजिने जानकारी दिए । ‘हामीले प्रयास गर्नुपर्छ, बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक छ’, उनको भनाइ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बोनश दर साबिकको भन्दा घटेको विरोधमा अभिकर्ताले देशैभर सांकेतिक विरोधसँगै आन्दोलन शुरु गरेका हुन् ।पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक समितिका अध्यक्ष गणेश अधिकारीले विज्ञप्ती जारी गर्दै पछिल्लो बोनश दर घोषणाप्रति असन्तुष्टी जनाई सकेका छन् । देशको विभिन्न जिल्लास्थित शाखा उपशाखा कार्यालयहरुमा पनि नेपाल लाइफका अभिकर्ताले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । नेपाल लाइफको बीमाङ्कीले तयार पारेको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नियामक नेपाल बीमा प्राधिकरणले यसै महिनामा आव २०७८/७९ को…

नबिल ढुक्क घर कर्जा, नबिलले ल्यायो बैंकिङ उद्योगकै सस्तो ब्याजमा घरकर्जा योजना

नबिल ढुक्क घर कर्जा, नबिलले ल्यायो बैंकिङ उद्योगकै सस्तो ब्याजमा घरकर्जा योजना नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्कु योजना मार्फत नेपालको बैंकिङ उद्योगकै सस्तो ब्याजमा घरकर्जा योजना ल्याएको हो।नबिल बैंकले उद्योगकै सस्तो ब्याजदरमा घरकर्जा योजना ल्याएको छ।नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्कु योजना मार्फत नेपालको बैंकिङ उद्योगकै सस्तो ब्याजमा घरकर्जा योजना ल्याएको हो।योजनाअनुसार न्युनतम ८%९९ प्रतिशतमा अधिकतम ३० वर्षको अवधिको लागि घर कर्जा उपलब्ध हुनेछ भने सात वर्षको लागि ब्याज दर स्थिर हुनेछ। अर्थात यस योजनाअनुसार घर कर्जा लिने ग्राहकले कर्जा लिएको सात वर्षसम्मको लागि ८%९९ प्रतिशत ब्याज तिर्नुपर्नेछ।कर्जाको सिमा नेपाल राष्ट्र बैंकको घर कर्जा प्राबधान अनुसार अधिकतम…

सत्तारुढ दलका नेताहरुसँग अर्थमन्त्रीकाे छलफल

सत्तारुढ दलका नेताहरुसँग अर्थमन्त्रीकाे छलफल आगामी नीति तथा कार्यक्रम, बजेटको तयारीलगायत विषयमा सत्ता साझेदार गठबन्धनबीच साझा धारणा तयार गर्न अर्थमन्त्री वर्षमान पुनले आइतबार सिंहदरबारमा पूर्व अर्थमन्त्री र सत्तारुढ दलका अर्थ विभाग हेर्ने नेताहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस नेतृत्वको सत्ता गठबन्धन छाडेर नयाँ गठबन्धन बनाएसँगै मुलुककाे बिग्रँदाे अर्थ व्यवस्था सम्हाल्ने जिम्मेवारी पाएका पुनले आर्थिक क्षेत्रका अनुभवीहरुसँग छलफल गरिरहेका छन् । यही क्रममा पूर्वअर्थमन्त्री र दलका आर्थिक विभाग हेर्ने नेताहरुकाे सल्लाह र सुझाव लिन लागिएकाे पुनकाे सचिवालयले जनाएकाे छ । एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादीको पाँच दलीय नयाँ सत्ता समीकरण बनेसँगै पुनले फागुन २४ मा अर्थमन्त्रीको…

फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता सेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता सेयर बिक्रीमा फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ । आइतबारदेखि लिलामीमा राखिएकाे सेयर खरिद गर्न चैत १२ भित्र गोप्य बोलपत्र आवेदन दिन सक्ने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । न्यूनतम मूल्य ३१५ रुपैयाँ हुनुपर्नेगरी बोलकबोल आवेदन माग गरिएको छ । उच्च मूल्य दिएका आधारमा सेयर बाँडफाँट हुने क्यापिटलले जनाएको छ । न्यूनतम १५ हजार कित्ता र अधिकतम डेढ लाख कित्ताकै लागि आवेदन दिन सकिनेछ ।

सुनकाे मूल्यमा रेकर्ड : तोलाकै १ लाख २६ हजार

सुनकाे मूल्यमा रेकर्ड : तोलाकै १ लाख २६ हजार सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनकाे मूल्य आइतबार १ लाख २६ हजार कायम भएकाे छ । शुक्रबार प्रतितोला १ लाख २५ हजारमा कारोबार भएको सुन आइतबार प्रतितोला १ हजारले बढेकाे हाे । महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४ सय ताेकिएको छ । तेजाबी सुनको मूल्य शुक्रबार प्रतितोला १ लाख २४ हजार ४ सय थियो । त्यस्तै आज चाँदीको मूल्य शुक्रबार दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर १ हजार ४ सय ७५ रुपैयाँ…

आठ वर्षे विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

आठ वर्षे विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कूल आठ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिनसमेत पाइनेछ । ब्याजदर समेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने राष्ट्र बैंकले सूचनामार्फत जानकारी गराएको छ । बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । यही फागुन २९ गते अपराह्न बोलकबोल हुने छ । ऋणपत्रको साँवा भुक्तानी २०८८ फागुन ३० गते हुनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र त्यसमा…

ग्लोबल आइएमईका ४१ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

ग्लोबल आइएमईका ४१ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन ग्लोबल आइएमई बैंक लिमिटेडले ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीले सहभागिता जनाए । विभिन्न जिल्लाका ४१ ठाउँमा सञ्चालित कार्यक्रममा ५ हजारभन्दा बढी व्यक्तिलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएकाे छ । बैंकका अनुसार काेसीमा झापाकाे दमक र मोरङ्गको विराटनगर, मधेशमा सर्लाहीको मलंगवा, बागमतीमा काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, रामेछापको दोरम्बा शैलुङ…

बैंककाे ऋण तिर्दिन भन्नेलाई अब छुट दिइन्न : अर्थमन्त्री

बैंककाे ऋण तिर्दिन भन्नेलाई अब छुट दिइन्न : अर्थमन्त्री अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने अभियान सञ्चालन गर्नेलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् । आफूलाई बधाई दिन आएको टोलीसँग बिहीबार अर्थ मन्त्रालयमा कुरा गर्दै पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने बताए । ‘बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भनेर अभियान चलाउने प्रवृत्तिलाई अब छुट दिन सकिँदैन’, उनले भने, ‘त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नु हुँदैन ।’ निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको…